मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

स्ववियु चुनाव : कञ्चनपुरका क्याम्पसमा नेविसंघका यी हुन् उम्मेदवार


पश्चिम प्रेस
सोमबार, चैत ३ २०८१
  • 620
    Shares

  • images
    images
    स्ववियु चुनाव : कञ्चनपुरका क्याम्पसमा नेविसंघका यी हुन् उम्मेदवार

    भुवन भट्ट , महेन्द्रनगर । ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि कञ्चनपुरमा नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले तयारी तीव्र पारेको छ । जिल्लामा नेविसंघले सात क्याम्पस बाट उम्मेदवार उठाएको छ भने एक क्याम्पसमा सर्वसम्मत विजयी भएको नेविसंघ कञ्चनपुरका अध्यक्ष नरेश पण्डितले जानकारी दिए । 

    उनका अनुसार, भानु बहुमुखी क्याम्पसमा सुवास नेगी स्ववियु सभापतिका उम्मेदवार छन् । यस्तै सचिवमा पूजा कुमारी साउद , कोषाध्यक्षमा वर्षा बुढा क्षेत्री र सदस्य तर्फ प्रीतम जोशी, कविता पुजारा र सेजल सर्मा उम्मेदवार रहेका छन् । 

    यस्तै , सिद्धनाथ विज्ञान क्याम्पसमा सभापतिका उम्मेदवार  विमल प्रसाद जोशी रहेका छन् । जहाँ लक्ष्मी कठायत सचिव, कोषाध्यक्ष  रेनुका भट्ट कपाडी र सदस्य तर्फ हरिस चन्द ठकुरी, दिभ्यान्सु थापा, रविन्द्र अवस्थि , युवराज भट्ट र दिपक वोहराको उम्मेदवारी रहेको छ । 

    जनता बहुमुखि क्याम्पस पुर्नवासबाट विकाश खड्का सभापतिका उम्मेदवार छन् । सचिवमा एकेन्द्र सिंह ठकुरी, कोषाध्यक्षमा जानकी कुमारी उपाध्याय र सदस्यमा पूजा बिष्ट, सरिता ऐडी र करुणा लुहागन् उम्मेदवार रहेका नेविसंघ कञ्चनपुरका अध्यक्ष पण्डितले जानकारी दिए । उनका अनुसार उक्त क्याम्पसमा समानुपातिकमा सदस्य  दिक्षा पन्त, तुला खड्का , बिमला खड्का, शर्मिला उपाध्याय र धर्मराज उपाध्यायलाई उम्मेदवार बनाइएको छ । 

    यस्तै , बालजागृती कलेज महेन्द्रनगरमा  आभास भट्ट स्ववियु सभापतिको दौडमा छन् ।  भने जीवन कुवर सचिवको उम्मेदवार रहेका छन् । 

    रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेल्डाडीमा मोहन जैशी सभापतिका उम्मेदवार रहेका छन् । जहाँ सचिवमा बिनिता साउद , कोषाध्यक्षमा शर्मिला जोशी र सदस्य तर्फ नरेन्द्र उपाध्याय , राम बहादुर दमाई र धनु उपाध्याय उम्मेदवार रहेका छन् । 

    यस्तै , कन्चन बहुमुखी क्याम्पस गुलरियामा सुनिल एर सभापतिका उम्मेदवार रहेका छन् भने सचीवका लागि धन बहादुर कुवर,  कोषाध्यक्षमा भावना कार्की उम्मेदवार छन् । जहाँ सदस्य तर्फ पार्वती भट्ट , गिता कुमारी बोहरा , खेमराज भट्ट , निर्मला धामी र यसोधा खड्का उम्मेदवार रहेका छन् । 

    यस्तै , महाकाली बहुमुखी क्याम्पस बेलौरीमा महेन्द्र भाट सभापतिका उम्मेदवार रहेका छन् । जहाँ सचिवमा संगीता चौधरी , कोषाध्यक्षमा हिमानी बडु र सदस्य तर्फ सोनु सुनार , कविता ठगुन्ना , पिन्की चौधरी , पशुपति राना र  लक्ष्मी बडुको उम्मेदवारी रहेको जनाइएको छ । 

    कृष्ण बैजनाथ क्याम्पसकाे स्ववियु कमिटी करन प्रसाद भट्ट्को अध्यक्षतामा सर्वसम्मत गठन गरिएकाे जनाएको छ ।जहाँ  स्ववियुकाे सचिवमा अखिल क्रान्तिकारीका मनिसा धानुक, काेषाध्यक्षमा अनेरास्ववियुका प्रविन धामी सर्वसम्मत निर्वाचित भएका छन् ।

    स्ववियु सदस्यमा नेपाल विद्यार्थी संघका संगिता भट्ट, हेमराज भट्ट, अखिल क्रान्तिकारीका माेहन बाेहरा, गणेश पन्त र अनेरास्ववियुका मञ्जु औजी सर्वसम्मत चयन भएका नेविसंघ कञ्चनपुरमा अध्यक्ष पण्डितले जानकारी दिए ।

    त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन चैत्र ५ गते तोकीएको छ । जसका लागि तयारी तीव्र पारिएको क्याम्पसहरुले बताएका छन् ।


    प्रतिक्रिया दिनुहोस