आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा काठ तस्करीमा संलग्न सामुदायिक वनका अध्यक्ष पक्राउ


पश्चिम प्रेस
बिहीबार , चैत ६ २०८१
  • 817
    Shares

  • images
    images
    कञ्चनपुरमा काठ तस्करीमा संलग्न सामुदायिक वनका अध्यक्ष पक्राउ

    महेन्द्रनगर। कञ्चनपुरमा काठ तस्करीमा संलग्न एक सामुदायिक वनका अध्यक्ष पक्राउ परेका छन् । 

    जिल्लाको लालझाडी गाउँपालिका–४ स्थित जयदुर्गा सामुदायिक वनबाट सालको रुख कटानी गर्ने सामुदायिक वनका अध्यक्ष पक्राउ परेका हुन् ।

    लालझाडी सवडिभिजन वन कार्यालयले लालझाडी गाउँपालिका–४ को जयदुर्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दानसिंह कार्कीलाई पक्राउ गरिएको जनाएको हो ।

    अध्यक्ष दानसिंह कार्कीले सामुदायिक वन क्षेत्रबाट  सालको रुख काटेर काठ तस्करी गरेको वन कार्यालयले जनाएको छ ।

    सामुदायिक अध्याक्षकै संलग्नतामा सालको रुख काटिएपछि उनलाई पक्राउ गरिएको लालझाडी सवडिभिजन वन कार्यालयका प्रमुख करुणकर जोशीले बताए। 

    उनका अनुसार उनीसँगै सालको २८.३४ क्यूफिट काठ बरामद गरिएको छ। उनलाई वन ऐन २०७६ तथा वन नियमावली २०७९ अनुसार कारबाही गरिने वन अधिकृत जोशीले बताए। ‘उनीमाथि अनुसन्धान गरिरहेका छौं, उनलाई वन ऐन अनुसार कारबाही हुन्छ।’


  • सम्बन्धित विषय:

  • # काठ तस्करी
  • प्रतिक्रिया दिनुहोस