बेलौरी कञ्चनपुर । विश्व हिमनदी, जल र मौसम दिवसका अवसरमा कैलालीको अत्तरियामा क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको छ । अत्तरिया स्थित नमस्ते पार्टी प्यालेसमा शनिवाददेखि दुई दिने विपद् पूर्व सूचना अभिवृद्धि तामिलको आयोजना गरिएको हो । महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाको आयोजना तथा विभिन्न १४ गैरसरकारी सङ्घ संस्थाको सहयोगमा दुई दिने पूर्व सूचना क्षमता अभिवृद्धि तालीम आयोजना गरिएको हो ।
जल तथा मौसम विज्ञान महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख इन्जिनियर सञ्जय कुमार शाहका अनुसार, महाकाली वेसिन फिल्ड कार्यालय गेज रिडर क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने तालिमको आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जल तथा मौसम विज्ञान कार्यालय, कोहलपुरका प्रमुख सि.डि.हा. राम प्रसाद अवस्थीले जल तथा मौसम अवलोकन कर्ताले तोकिएको जिम्मेवारी इमानदारी र ऊर्जापूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो । मौसमको कुनै सीमा नहुने भएकाले उपलब्ध गराएको तथ्याङ्कलाई सबैले हर्ने भएकाले सही र वास्तविक सूचना सङ्कलनमा उहाँले जोड दिनुभयो । ‘नेपालमा जल तथा मौसमको तथ्याङ्क सङ्कलन गर्न लागेको १०४ वर्ष भइसकेको छ’ उहाँले भन्नुभयो, ‘अब तथ्याङ्क सङ्ग्रह गरेर मात्रै हुँदैन । तथ्याङ्कको आधारमा पूर्व सूचना दिन सक्नुपर्छ । जसका लागि जल तथा मौसम अवलोकनकर्ताको जिम्मेवारी फेरिन आवश्यक छ ।’ उहाँले जल तथा मौसम अवलोकनकर्ताको भूमिका जनतालाई विपद्को ज्ञान हस्तान्तरण गर्ने माध्यम पनि हुन आवश्यक रहेको बताउनुभयो । मौसम अवलोकनकर्ताहरुल जिम्मेवार हुन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
पछिल्लो समय मौसम पूर्वानुमान भन्दा एक्कासि बाढीजन्य घटनाहरू आउँदा जनताले पुर्वसूचना पाउन नसकेको अवस्थामा यस क्षमता अभिवृद्धि तालिमले आगामी दिनमा सही र समयमै सूचना पुगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
हाल ३३ मानव स्वचालित बाढी मापन केन्द्र, ४३ स्वचालित बाढी मापन केन्द्र, ६४ वर्षा मापन केन्द्र र २२ स्वचालित केन्द्र रहेका छन् । तर विपद् पूर्व पाउनुपर्ने सूचना र तथ्याङ्क सङ्कलनमा भने ती केन्द्रहरूले सही सूचना दिन नसक्दा बाढीबाट ठुलो धनजनको क्षति पुगेको गुनासो बढ्दै गएको छ ।
आगामी दिनमा भने विपद् जन्य घटनाबाट जोगिन मौसम पूर्वानुमान क्षेत्रमा कार्यरत केन्द्रहरूले समयमै वास्तविक तथ्याङ्क सङ्कलन गरी समयमै सूचना उपलब्ध गराउन कार्यक्रममा सहभागीहरूले आग्रह गरेका छन् ।
तालिममा मौसमविद संजयकुरमार शाह, सरस्वती विष्ट, कौशलकिशोर चौधरी, अर्जुन भुषाल, सिंगल चौधरी, विरेन्द्रप्रसाद कुश्हवा, प्रकाश विक, राजिव झा लगातका व्यत्तिहरु सहजीकरण गरिरहेका छन् ।
कार्यक्रममा बाढी प्रभावित क्षेत्रका स्थानीय सहित निड्स नेपाल, मर्सिकोरलगायत सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
.gif)