सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा लागू औषध सहित होटल सञ्चालक पक्राउ


पश्चिम प्रेस
बिहीबार , वैशाख ११ २०८२
  • 1.3K
    Shares

  • images
    images
    कञ्चनपुरमा लागू औषध सहित होटल सञ्चालक पक्राउ

    महेन्द्रनगर । कञ्चनपुरमा लागू औषध (ब्राउन सुगर) सहित एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका वडा नम्बर २ बंक स्थित डिलाशैनी होटलका सञ्चालक अन्दाजी ५० वर्षीय पदम बहादुर कार्की रहेका छन् । 

    बिहीबार लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले कार्कीलाई २ ग्राम लागू औषध सहित नियन्त्रणमा लिएको हो । 

    इलाका प्रहरी कार्यालय झलारीका अनुसार, कार्कीमाथि अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । कार्की यसअघि पनि सेवनकर्ताका रहेको भन्दै पक्राउ परेको प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस