महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा संस्कृति, कला तथा पर्यटन प्रवर्धन सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । प्रकृति संस्कृति सामुदायिक विकास समाजको आयोजना र भीमदत्तको आर्थिक सहयोगमा अभिमुखीकरण गरिएको हो ।
वैशाख २८ र २९ गते वडा नम्बर १५ कार्यालयमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको प्रकृति संस्कृति सामुदायिक विकास समाजका अध्यक्ष महादेव भट्टले बताए ।
संस्कृतिको जगेर्ना गर्न कार्यक्रममा सहभागी महिलाहरूलाई आग्रह गरिएको छ । कार्यक्रममा बोल्दै उपमेयर निलम लेखक जोशीले कला संस्कृतिको जगेर्ना गर्दै सधैँ सत्य बोल्नुपर्नेमा जोड दिइन । सबैको भलो हुने गरी सामाजिक कार्यमा खटिन उपमेयर जोशीले आग्रह गरिन ।
फरक प्रसङ्गमा बोल्दै उपमेयर जोशीले पालिकामा विपदमा परेका व्यक्ति, परिवारलाई नगरपालिकाले सक्दो आर्थिक सहयोग गर्ने प्रतिवद्दता समेत जनाइन ।
.gif)