महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना पोजेटिभ देखिएको छ । प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार, पछिल्लो चौबिस घण्टामा १४ जनामा कोरोना परीक्षण गरिएकोमा थप दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मङ्गलवार झुलाघाट नाका बैतडीमा गरिएको एण्टिजोन परीक्षणका क्रममा एक जना र कैलालीको गौरीफन्टा नाकामा एक जनामा कोरोना पोजेटिभ देखिएको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
यस सँगै सुदूरपश्चिम प्रदेशमा जेठ २१ गतेदेखि हाल सम्म १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उक्त अवधिमा १ सय २२ जनामा एण्टिजोन परीक्षण गरिएको सुदूरपश्चिम प्रदेशको प्रादेशिक स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रले जनाएको छ । पछिल्लो चौबिस घण्टामा गड्डाचौकी भन्सार कार्यालयमा ७ जना, झुला घाट नाका बैतडीमा ४ जना, गौरीफन्टा नाका कैलालीमा २ जना र दार्चुलाको पुलघाट नाकामा एक जनाको एन्टिजोन परीक्षण गरिएको जनाइएको छ ।
.gif)