महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका –स्थीत बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडले नारी दिसव मनाएको छ । ग्रामीण भेगका महिलाहरुको सशक्तिकरणका दिवस मनाएको हो । नारी दिवशका दिन शहरमा नारा र जुलुस लगाउनुको सट्टा गाउका महिलाहरुको अवस्थाका बारेमा जानकारी लिने, समस्या समाधानका लागि पहल गर्ने उद्येश्यले नारी दिवश मनाइएको सहकारी संस्थाले जनाएको छ । कार्यक्रममा सहभागी महिलाहरुले महिला पुरुष एक रथका दुई पाग्रा भनिएपनि महिलाहरुले विभिन्न राजनीतिक, सामाजिक कठिनाई भोगि रहेका बताउदै त्यसको न्युनीकरण गर्नका लागि सबै महिला एक हुनुपर्नेमा जोड दिए ।
सहकारीका अध्यक्ष तुलसी जोशीको अध्यक्षता सुरु भएको कार्यक्रमका प्रमुख अतिथि शिक्षा क्षेत्रमा उल्लेख योगदान दिनु भएका समाजसेवी नारादेवी जोशी रहनु भएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले अधिकारसंगै कर्तव्यलाई पनि संगसंगै लैजानुपर्नेमा बताइन । अध्यक्ष तुलसी जोशीले सहकारी संस्थाले महिलाहरुलाई शसक्त रुपमा अगाडि बढाउनका लागि सहकारीले भुमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा विभिन्न जातीयताका आधारमा विभेदमा परेका दलित समुदायका महिला, एकल महिला, जनजाति महिला, ज्येष्ठ महिलाहरुलाई सम्मान समेत गरिएको थियो ।
.gif)