महेन्द्रनगर । नेपाली कांग्रेसले चुनावलक्षित एक महिने अभियानका लागि सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा केन्द्रीय नेताहरुलाई प्रतिनिधिका रुपमा खटाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले नेताहरुलाई केन्द्रीय प्रतिनिधिका रुपमा जिल्ला जिल्लामा गएर अभियानमा सहभागी हुन खटाएको हो । बाजुरामा अर्जुनजंग बहादुर सिंह,बझाङ्गमा रमेश लेखक,डोटीमा किरण गीरी,अछाममा सीता कुमारी राना,दार्चुलामा अरुण राठौर,बैतडीमा यज्ञराज जोशी,डडेल्धुरामा ईश्वरी न्यौपाने,कञ्चनपुरमा नैनसिंह महर र कैलालीमा गोविन्द वहादुर शाह प्रतिनिधिको रुपमा खटिएका छन । कांग्रेसको चुनावलक्षित अभियान फागुन २९ गतेबाट सुरु हुँदैछ । उक्त दिन दिउँसो १ बजे एकैसाथ अभियानको शुभारम्भ गर्ने नेताहरुको तयारी छ ।
.gif)