आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिममा चुनावी चहलपहल सुरु


पश्चिम प्रेस
शुक्रबार, फागुन २७ २०७८
  • 791
    Shares

  • images
    images
    सुदूरपश्चिममा चुनावी चहलपहल सुरु

    महेन्द्रनगर । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँग सुदूरपश्चिममा चुनावी चहलपहल सुरु भएको छ । चुनावको घोषणासँगै दलका नेता कार्यकर्ताहरु पालिका र वडास्तरमा पनि चुनाव लक्षित कार्यक्रम सुरु भएका छन ।केन्द्रिय स्तरमा नेताहरु पनि जिल्ला केन्द्रित हुन थालेका छन । सम्भावित चुनावी परिदृष्यको बारेमा चोक चौतारा, चियापसलमा बहस हुन थालेको छ । स्थानीय तहको ५ वर्षको कार्यकालको समीक्षा र आगामी नेतृत्वको विषयको चर्चा हुन थालेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनताका भन्दा अहिलेको राजनितिक परिस्थिति फेरिएको र दलका कार्यकर्ताहरू मत आफ्नो पक्षमा तान्न अघिल्लो चुनावमा भन्दा बढी सक्रिय देखिएका छन ।

    दलहरुले वडा स्तरसम्मै कार्यक्रमहरु गर्न थालेका छन । भने पार्टी फेरबदल गर्नेहरुको संख्या पनि उत्तिकै छ । नेकपा एमाले, नेकपा एस र नेकपा माओवादी केन्द्रका केन्द्रस्तरका नेताहरू पुसयता जिल्लाका विभिन्न गाउँमा पुगेर संगठन विस्तार र सुदृढीकरणमा लागेका छन । कांग्रेसका केन्द्रिय नेताहरु समेत जिल्ला जिल्लामा खटिएका छन । कांग्रेस केन्द्रिय कार्यालयले सुदूरपश्चिममा केन्द्रिय नेताहरु खटाइसकेको छ । नेता रमेश लेखक बझाङ्ग पुगेर चुनावी अभियानमा सक्रिय भएका छन भने केन्द्रिय सहमहामन्त्री बद्री पाण्डेय बैतडी पुगेर अभियानमा लागेका छन । त्यसैगरी सुदूरपश्चिमका अन्य जिल्लाहरुमा समेत दलहरु चुनाव केन्द्रित भएर सभा सम्ममेलन जस्ता कार्यक्रमहरु गर्न थालेका छन । 


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • प्रतिक्रिया दिनुहोस