महेन्द्रनगर । स्थानियतह २०७४ को निर्वाचनमा निर्वाचित जनप्रतिनिधीहरु अन्तीम वर्षमा कार्यभार सम्हाली रहेका छन् । देस संघियतामा गएपछि पहिलो पटक भएको स्थानियतहको निर्वाचनमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा दलहरुको अवस्थाको विषयमा हामिले खोतलेका छौँ । शुक्लाफाँटा नगरपालिकामा निर्वाचीत दलहरु मध्ये नेपाली कांग्रेस प्रमुख पद सहित ३ वडामा विजयी भएको थियो । जस अनुसार नेपाली कांग्रेसका दिल बहादुर ऐरी १ हजार ३ मतले अग्रता लिदै मेयर पदमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका रण बहादुर महरा ५ हजार ४ सय २९ मत ल्याई पराजित भएका थिए ।
उपप्रमुखमा भने नेकपा एमालेकी तुलसी देवि हमाल ५ हजार २ सय ९३ मत सहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी धर्मा विष्टले ५ हजार २ सय १० मत सहित पराजय सहनुपरेको थियो । १२ वडा रहेको शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर १, ४, ५, ११ र १२ गरी पाँच वडामा नेकपा एमालेका उमेद्धवार वडा अध्यक्षमा विजयी भएका थिए । त्यस्तै वडा नम्बर २, ३, ७ र ८ गरी चार वडामा नेकपा माओवादी केन्द्रका उमेद्धवारले वडा अध्यक्षमा आफ्नो स्थान सुनिश्चीत गरेका थिए । वडा नम्बर ६, ९ र १० गरी तिन वडामा नेपाली कांग्रेसका उमेद्धवार वडा अध्यक्षमा विजयी भएका थिए । तर अगामी निर्वाचनमा भने गठबन्धनको सरकार भए नेकपा एमालेलाई जित सुनिश्चीत गर्न हम्मेहम्मे पर्ने आंकलन गर्न थालिएको छ ।
वडा नम्बर १ मा नेकपा एमालेका हरिश बिष्ट ५ सय ८० मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका नवराज अवस्थी ५ सय ३ मत सहित पराजित भएका थिए । वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका शिव राज पनेरु २ सय ८९ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका भोदुरामडगौरा २ सय ४२ मतसहित पराजित भएका थिए । वडा नम्बर ३ मा पनि नेकपा माओवादी केन्द्रका नरेन्द्र प्रसाद डगौरा चौधरी ५ सय ३७ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका कपेन्द बहादुर बमले २ सय १० मत पाएका थिए ।
वडा नम्बर ४ मा नेकपा एमालेका ज्ञान बहादुर बिष्ट ५ सय ६४ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका धिरेन्द्र सिह साउद ३ सय ५७ मत सहित वडा अध्यक्षमा पराजित भएका थिए । वडा नम्बर ५ मा पनि नेकपा एमालेका कमल राज गिरी ७ सय ३५ मत सहित वडा अध्यक्षमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका देव राज जोशी ६ सय १ मत सहित वडा अध्यक्षमा पराजित भएका थिए । वडा नम्बर ६ मा नेपाली कांग्रेसका जगता राना ३ सय ८१ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका ज्ञानेन्द्र प्रशाद जोशी २ सय ८३ मत पाएर पराजित भएका थिए ।
वडा नम्बर ७ मा माओवादी केन्द्रका जगत बहादुर सिंह ६ सय ९९ मत सहित वडा अध्यक्षमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका मान बहादुर धामी ६ सय ४६ मतपाएर पराजित भएका थिए । वडा नम्बर ८ मा पनि नेकपा माओवादी केन्द्रका बहादुर सिंह महरा ६ सय ४१ मत सहित वडा अध्यक्षमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका कृष्ण बहादुर ठगुन्ना ५ सय मत सहित पराजित भएका थिए ।वडा नम्बर ९ मा नेपाली कांग्रेसका रमेश बहादुर ऐर ५ सय २८ मत सहित वडा अध्यक्षमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका हेमन्त राज रेग्मीले १ सय ६८ मत पाएका थिए ।
वडा नम्बर १० मा पनि नेपाली कांग्रेसका लाल बहादुर ऐर ८ सय ५ मत सहित वडा अध्यक्षमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका देव दत्त भट्टले ३ सय ९७ मत पाएका थिए । वडा नम्बर ११ मा नेकपा एमालेका दुल्लु बुढा ७ सय १९ मत सहित अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका भक्त राज जोशीले ४ सय ७४ मत पाएका थिए । वडा नम्बर १२ मा पनि नेकपा एमालेका बाले राना ५ सय ४७ मत सहित वडा अध्यक्षमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका केशव सिंह रानाले ३ सय ५० मत पाएका थिए ।
.gif)