सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

डडेल्धुरामा चैत्र ८ गतेदेखी महोत्सव हुने


पश्चिम प्रेस
सोमबार, फागुन ३० २०७८
  • 639
    Shares

  • images
    images
    डडेल्धुरामा चैत्र ८ गतेदेखी महोत्सव हुने

    महेन्द्रनगर । डडेल्धुरामा ‘डडेल्धुरा महोत्सव २०७८’ हुने भएको छ।  अमरगढी नगरपालिकाको आयोजनामा चैत्र ८ गते देखी  १० गते सम्म टुँडिखेलमा  महोत्सव आयोजना गरिएको पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाले जानकारी दिएको हो । रजत जयन्तीको अवसर पारेर प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सवको आयोजना गर्न लागेको नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए । निःशुल्क हेर्न पाइने महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण गर्ने नगर प्रमुख ओझाले बताए । 

    महोत्सवमा सुदूरपश्चिमका राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै हुडकेली, छलिया, डेउडालगायतका स्थानीय प्रस्तुति हेर्न सकिने नगरपालिकाले जनाएको छ।  


  • सम्बन्धित विषय:

  • # महोत्सव
  • प्रतिक्रिया दिनुहोस