महेन्द्रनगर । प्रहरीले होली पर्वमा जबरजस्ती रङ दल्ने र लोला हान्ने जस्ता क्रियाकलाप नगर्न आग्रह गरेको छ । होली पर्वमा रमाइलो तथा मनोरञ्जनका नाममा हुनसक्ने उच्छृङ्खल तथा आपराधिक गतिविधि हुन वा गर्न नदिन सबैले सुरक्षाका उपायहरूमा ध्यान दिन आग्रह गरिएको हो ।पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै इच्छा विपरीतका कार्य भए प्रहरी कानुनी रूपमा प्रस्तुत हुने समेत प्रहरीले चेतावनी दिएको छ ।कोरोनाको जोखिम यथावत् रहेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्न पनि प्रहरीले अनुरोध गरेको हो । यहाँका मुख्य बजारका विभिन्न क्षेत्रमा विशेष सुरक्षा जनशक्ति खटिएको उनले बताए । सडक चोक तथा सार्वजनिक स्थानमा मदिरा सेवन गरी हो–हल्ला, समूहगत झैझगडा र क्षमताभन्दा बढी यात्रु राख्ने विरुद्ध कारबाही हुने जनाएको छ ।
.gif)