सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

होलीको मौलिकता हराउँदै


बिहीबार , चैत ३ २०७८
  • 1.3K
    Shares

  • images
    images
    होलीको मौलिकता हराउँदै

    महेन्द्रनगर । हिन्दु परम्परामा होली एक विजय उत्सवका रुपमा मनाइने पर्व हो । विभिन्न पौराणिक मिथकहरुमा आधारित असतमाथि सतको विजय भएको खुशियालीमा होली पर्व मनाउँदै आइरहेको छ । होलीमा इतिहास तथा पुराणका विभिन्न कालखण्डका घटनासँग सम्बन्धित विषयवस्तुलाई नृत्यगेयात्मक रुपमा प्रस्तुत गरिन्छ । पुराण प्रसिद्ध राम, कृष्ण लगायत विभिन्न देवीदेवताहरुका गाथा एवम् स्तुति तथा इतिहास प्रसिद्ध बीर पुरुषहरुका गाथा लगायत सामाजिक तथा प्रकृतिक विषयवस्ुतमा आधारित गाथाहरु प्रस्तुति हुँदै आएको पाइन्छ । होली प्रस्ुततिका आधारमा खडी तथा बैठी गरेर दुई किसिमको हुने गर्दछ । खडी होली गोलाकार रुपमा पंतिबद्ध भइ नृत्य तथा अभिनय गर्दै प्रस्ुतत हुन्छ भने बैठी होली बसेर तालीसँग खेल्ने गरिन्छ । होलीमा विभिन्न लोकबाँजाहरुको प्रयोग गरिन्छ । देव स्थल, सार्वजनिक स्थल लगायत घरघरमा गएर होली खेल्ने प्रचलन परापूर्व कालदेखि चल्दै आएको पाइन्छ । होली विजय तथा खुशियालीको पर्व भएकाले विशेष गरी रङहरु लगाउँदै मनोरञ्जन गरिन्छ । होलीमा विभिन्न विषयवस्तुमा आधारित गाथाहरुका साथै आर्षिवचन समेत दिने गरेको पाइन्छ । 

    होलीमा प्रस्तुत गरिने गाथाहरुमा हाम्रो इतिहास एवम् मौलिक पहिचान लुकेको हुने गर्दछ । यसले भाषा, साहित्य एवम् लोक साहित्य र लोकवार्ताका विषयवस्तुहरुलाई झल्काउँने भएकाले यसको गहन अध्ययन तथा प्रस्तुतिमा निरन्तरता दिनु पर्दछ । वर्तमान समयमा पश्चिमा सँसकृति र पुँजीवाद हावी हुँदै गएपछि हाम्रो मौलिक पहिचान बोकेका साँस्कृतिक विषयवस्तुहरु लोप हुँदै गइरहेका छन् । होलीलाई अतिरञ्जनात्मक बनाइ मादक पदार्थको सेवन तथा जथाभावी रङ मात्र दल्ने परिपाटी बढ्दै गएपछि होलीको मौलिकता हराउँदै गइरहेको छ । होलीको मौलिकता हराउँनु भनेको हाम्रो इतिहास र मौलिक पहिचान हराउँनु भएकाले यसलाई परम्परागत रुपमै सभ्य तरिकाले प्रस्तुत गर्न र यसको संरक्षण तथा प्रचारप्रसार हामी सबैको दायित्व हुन आउँछ ।


  • सम्बन्धित विषय:

  • # होलीको मौलिकता हराउँदै


  • प्रतिक्रिया दिनुहोस