सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिममा झण्डै १० हजार म्यादी प्रहरी माग, कुन जिल्लामा कती ?


आइतबार, चैत ६ २०७८
  • 985
    Shares

  • images
    images
    सुदूरपश्चिममा झण्डै १० हजार म्यादी प्रहरी माग, कुन जिल्लामा कती ?

    महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा झण्डै १० हजार म्यादी प्रहरी भर्ना गरिने भएका छन् । आगामी बैशाख ३० गते हुने स्थानियतहको निर्वाचनका लागी सुदूरपश्चिमका नौं वटै जिल्लामा गरी कुल ९ हजार ९ सय ३७ म्यादी प्रहरी भर्ना गरीने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको हो । 
    प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक भोला बहादुर रावलका अनुसार कञ्चनपुरमा १ हजार ४ सय ६९ म्यादी प्रहरी, कैलालीमा २ हजार ४ सय ५७, बैतडीमा ८ सय १५, दार्चुलामा ७ सय ४२, डोटीमा ८ सय १० , डडेल्धुरामा ६ सय ५२, बझाँङमा एक हजार ९३, अछाममा १ हजार २ सय ३१ र बाजुरामा ६ सय ६२ म्यादी प्रहरी भर्ना गरिने भएको छ  । गृहमन्त्रालयले स्थानीय तहको निर्वाचन लक्षीत गर्दे आज (चैत्र ६) गते देखी म्यादी प्रहरीका लागी आवेदन खुला गरेको छ । जसमा सुदूरपश्चिमका नौँ वटै जिल्लामा योग्य व्यक्तिलाई म्यादी प्रहरीमा भर्ना गरीने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । म्यादी प्रहरी हुनका लागी साधारण लेखपढ गर्न जान्ने, कुनै राजनितीक दलको सदस्य नबनेको, कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरीएको, शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त रहेको व्यक्तीलाई छनौट गरिने प्रहरी वरिष्ठ उपरीक्षक रावलले बताए । 


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन


  • प्रतिक्रिया दिनुहोस