अछाम । अछामको मेल्लेख गाउँपालिकामा हँसिया प्रहारबाट एक गर्भवती महिला घाइते भएकी छ्न् । मेल्लेख गाउँपालिका–३ दर्बाकी ३५ वर्षीया गर्भवती रंगिदेवी बुढालाई स्थानीय अमृतादेवी बुढाले हँसिया प्रहार गरेकी हुन् । आफ्नो बारीमा भैँसीले घास खाएको विषयलाई लिएर विवाद हुँदा अमृताले हँसिया प्रहार गरेको प्रहरीले बताइएको छ । घाइतेको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । अमृतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
.gif)