आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

डुम्राकोटको चैतमा गोर्खाली र डोटेली सेनाबीचको युद्धका प्रसङ्ग


पश्चिम प्रेस
बुधबार, चैत ९ २०७८
  • 2.6K
    Shares

  • images
    images
    डुम्राकोटको चैतमा गोर्खाली र डोटेली सेनाबीचको युद्धका प्रसङ्ग

    वि.सं. १८४६ सालमा नेपाल एकीकरणको महान अभियान अन्तर्गत गोर्खाली फौज पश्चिम नेपालको अति नै शक्तिशाली राज्यको रुपमा रहेको डोटीराज्यमा प्रवेश गरेको थियो । हालको केआइ सिंह गाउँपालिका वडा नं.१ अन्तर्गत रहेको नारीदाङ भन्ने ठाउँमा गोर्खाली फौज र डोटी राज्यको फौज बीच घमासान युद्ध भएको थियो जसको पूर्ण लिखित इतिहास पाइएको छैन । डुम्राकोटको चैतमा यस घटनाको बारेमा उल्लेख गरेको पाइन्छ । दुई पक्षबीच युद्ध हुने क्रममा डुम्राकोटी ठकुरी राजा बहादुर शाहका सेनालाई परास्त गर्न जोश जाँगरका साथ युद्धमा होमिएका थिए । उक्त युद्धमा प्रयोग गरिएका थिए, घारका माहुरी, राँगा,गोरु,आदि । साथै आफ्नो पक्षका सेनाहरुको मनोबल बढाउने उद्देश्यले नरसिंहा र विगुल सहित मधुवा आउजीको टोली पनि उपस्थित थियो । मधुवा आउजीले विगुल र नरसिंहा बजाए पछि दिपशाही राजा उत्साहि भए । त्यति वेला डोटी राज्यमा सूर्यवंशी राजपूत जितुशाहीको राठ सम्दिर्ञ्यूको राज्य चलिरहेको थियो । युद्धको तयारी हुने बेलामा डोटेली बाजाहरु बज्न लागे ।


    राजाका काका भवानी शाहीलाई यस गडका पाइकहरुलाई खबर गरेर ल्याउने आदेश भयो । सोही आदिश बमोजिम बलिया बलिया पाइकहरु युद्ध लड्नका लागि तमन तयार हुन थाले । गोर्खाली सेना दुल्लु,अछाम भएर आई पुग्दैछ भन्ने जानकारी प्राप्त भयो गोर्खाली सेना र डोटेली सेनाबीच भएको ऐतिहासिक लडाइका बारेमा यस चैतमा यसरी वर्णन गरिएको पाइन्छ :

     
    पुरुव पश्चिमको क्याकी भै छ पाज,
    गोर्खा राज्यलाई बिस्तार गर्ने काज ।
    त्यो बेला डोटीका दिपशाहि  राजा,
    यूद्धको तयारी भइ बजन लाग्या बाजा ।
    सूर्यबंशी राजपुत जितुशाहिको राठ,
    सर्दिञ्चूको डोटी राज्य थियो ठाँटबाँट ।
    कैखरो पुतरुवा कैखारो जायो,
    कमलाबर साईको रुपासाई जायो ।
    कति जिउनि मागि मन्दालोक आयो,
    तलवार जुजनु अंकलेखिल्यायो ।
    ककाज्यू भवानी साई मेरोबोलुलिय,
    एईगड डोटी पाईक खोजि दिय ।
    पुजी हाल्यो देवतर चढाईहाल्यो पाति,
    एई गाड डोटी मा पाइक लैन आथि ।


    त्यस लडाइमा डुम्राकोटको सेनाको नराम्ररी हार भयो । गोर्खाली सेनाले डोटी राज्य कब्जा गर्ने पक्का पक्कि भइसक्यो । यस युद्धलाई सहयोग गरी रहेको डुम्राकोट कै मधुवा आउजी धेरै नै निरास भयो । डोटीका सबै सेना काटियपछि आफूले पनि गोर्खाली सेनाको हातबाट काटिनु भन्दा सेती नदीमा गएर समाधिस्थ हुने विचार ग¥यो ।


    सेती नदीको बीचमा पुगेपछि हातमा रहेको नरसिंहाको धेरै माया लाग्यो । म मरे पनि मेरो चिनोको रुपमा यो नरसिंहा रहिरहोस भन्ने पवित्र भावनाले त्यसलाई नदी पारी फाले । नरसिंहा फाल्ने क्रममा दुई टुक्राभई एउटा वारी र अर्को पारी खसेछ । सेतीको छालसँगै बग्दै उनको देहान्त भयो । यसरी इमान्दारी स्वाभिमान र साहसका विम्व हुन् मधुंवा आउजी । यस डूम्राकोटको चैत (चरित्र) मा डोटीको सेना र गोर्खाली बहादुर शाहको सेनाको बीचमा भएको लडाइको बारेमा यसरी उल्लेख गरिएको पाइन्छ :


    गाईगोठ बाकरि भैसी गोठ छानु, 
    नारीका घाट रुपा शाहीको ठानु ।
    रुपाशाहीका घोडाकि कडाली लगाम, 
    गोर्खाली सेना पुग्या दुल्लु अछाम ।
    बवाज्यू भवानी एई मेरो बालु लिय्,
     गोर्खली आयो भणी छाडी जनदिय । 
    बारद्वार गन्या काका ताजा खबर लगि, 
    लड्दै रौला भिड्दै रौला हाम अघिअघि ।  
    वाइल लुकुणैको तुण तिण्या धार,
    आइपुग्यो बइरी बल्यो खरण धार । 
     पूजी हाल्योदेवता,चढाइ हाल्यो पाती,
     स्वावास पैकलाउ दणी अस छाती ।
    गैरिकी घाट खरहरो धार,
     मुकियो पैकलो रुपा गोरखाकी मार । 
    नारीकाबाट बिरालीका बेला, 
    छुटिया पत्धरकला पडिगया रेला । 
    जुगमेरा पैकला जुजुमेरा भाई,
    पैराउन दिउँलो डुम्राकोट जाइ ।
    हरि नाराइन क्याअनारो भयो ,
    एई डुम्राकोटको ढुङ्गो ढली गयो । 
    दुबै रानी शाइज्यूकी भलभल रोइछ, 
    चन्दकि चेली सल चणी गइछ । 
    तैकोट वरिपरि फुलिजालो बेली, 
    वालो समाइ रुन लागी धानी चेली । 
    साइखेत सुउणिकोहलकन्द पाउँथे, 
    काटियो डुम्राकोटी झीङमाल राङ्गो।
    साइ सिएँणी खेती लाउ कन्छे बाती,
     पैकलो डुम्राकोटी देउछ काफली ।
    रुपा उद्धव शाही रुवावासी भैछ, 
    पुरुवा पशिमकी शाखा बन्द रैछ । 
    जौगंहा ज्वाँतो धाननुगाडा साउँ,
     युद्ध लडेन पैकलाको चारै जुग जाउँ ।

     

     


  • सम्बन्धित विषय:

  • # लोक कथा  डुम्राकोटको चैत  (नेपाली अनुवाद)
  • प्रतिक्रिया दिनुहोस