बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

हतियार बुझाउन दार्चुला प्रशासनको आग्रह


पश्चिम प्रेस
सोमबार, चैत १४ २०७८
  • 840
    Shares

  • images
    images
    हतियार बुझाउन दार्चुला प्रशासनको आग्रह

    महेन्द्रनगर । आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षीत गर्दे जिल्ला प्रशासन कार्यालय दार्चुलाले इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्यायले  इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेका हुन् ।

    चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन आग्रह गरिएको उनले बताए । स्थानीय तहको निर्वाचनलाई भरपर्दो विश्वसनीय बनाउन इजाजत लिएर राखिएका हतियार बुझाउन आग्रह गरिएको उनले बताए । तोकिएको समयमा हतियार नबुझाएमा कानुन बमोजिम कारबार्हि  भई जाने समेत उनले बताए ।

    latter.jpeg
    undefined


    प्रतिक्रिया दिनुहोस