महेन्द्रनगर । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले महेन्द्रनगरमा प्रवुद्ध नागरिक गोष्ठी एवंम् साहित्य परिचय कार्यक्रमको आयोजना गरेको छ ।
‘घर–घर हामी जाऔँ आफ्नो धर्म आफै बचाऔँ । धर्म–निरपेक्षतालाई डाँडो कटाऔँ हिन्दू राष्ट्र पुनः लेखाऔँ’ भन्ने नाराका साथ हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले सचेतना फैलाइरहेको हो ।
सोमबार महेन्द्रनगरमा आयोजीत कार्यक्रममा नेपाल हिन्दुराष्ट्र कायम हुनुपर्ने, हिन्दुराष्ट्रको पहिचान कायम गरिनुपर्नेमा वक्ताहरुले जोड दिए । कार्यक्रममा बोल्दै जिवन भण्डारीले हिन्दुहरु सबै एकजुट हुनुपर्ने बताए ।
उनले हिन्दु धर्म नै सर्वाेत्कृष्ठ धर्म भएकाले यस धर्मको जर्गेना हुनुपर्नेमा उनले जोड दिए । गोष्ठी भानु पार्टी प्यालेसमा चलिरहेको छ ।
.gif)