बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

सिद्धनाथ मन्दिरमा भक्तजनको घुइँचो


मंगलबार, चैत १५ २०७८
  • 924
    Shares

  • images
    images
    सिद्धनाथ मन्दिरमा भक्तजनको घुइँचो

    महेन्द्रनगर । भारतको उत्तराखण्डमा फागु पूर्णिमा देखी लागेको पुर्णागिरी मेला हेरेर महेन्द्रनगर स्थित सिद्ध नाथ मन्दिरमा आउने भक्तजनहरूको घुइँचो लागेको छ । विगत दुई वर्ष कोरोनाले पुर्णागीरीमा मेला लाग्न सकेको थिएन ।

    यस वर्ष भने भक्तजनहरूको अत्याधीक घुइँचो रहेको सिद्ध नाथ मन्दिर समितीका अध्यक्ष हिकमत भण्डारीले  बताए । दैनिक डेढ दुई हजार भक्तजनहरू सिद्ध नाथ मन्दिरमा भगवान् शिवको दर्शन गर्न आइरहेका उनले बताए । अहिले मन्दिरमा भक्तजनहरूको घुइँचो रहेको छ ।

    मंदिर गेटमा स्थानियहरुले ठेला लगाएर व्यापार पनी गरिरहेका छन् । स्थानिय रेखा परियारले भक्तजनहरुलाई आवश्यक श्रृङगारका सामाग्री बेचीरहेको बताइन् ।  पुर्णागीरी माताको दर्शन गरेपछि सिद्ध बाबाको दर्शन गरे मनोकांछा पुरा हुने विश्वासका साथ भक्तजनहरू सिद्ध बाबाको मन्दिरमा पूजा गर्नका लागी जाने गरेका छन् । मेला गंगादशहराको दिन सम्म चल्ने सिद्ध नाथ मन्दिरका अध्यक्ष भण्डारीले बताए । 


  • सम्बन्धित विषय:

  • # पुर्णागिरी मेला


  • प्रतिक्रिया दिनुहोस