बिहीबार , कात्तिक ६ गते २०८३ || Oct 22, 2026
  • यो साता चर्चामा :

वनका कार्यालय सहयोगीले एक वर्षको ज्याला पाएनन्, भौतारिदै दर्जी  


पश्चिम प्रेस
बुधबार, चैत १६ २०७८
  • 621
    Shares

  • images
    images
    वनका कार्यालय सहयोगीले एक वर्षको ज्याला पाएनन्, भौतारिदै दर्जी  

        खर्च जुटाउन ठेलामा व्यापार गरिरहेकी अमरकी श्रीमती कमला ।

    महेन्द्रनगर । डिभिजन वन कार्यालय महेन्द्रनगरमा भीमदत्त नगरपालिका ऐठपुरका अमर दर्जीले झण्डै ३६ वर्ष काम गरे । वि.स.२०४० साल देखी २०७६ सम्म डिभिजन वनमा काम गरेका उनले एक वर्षको तलब नपाएको गुनासो गरेका छन् । कोरोना भाइरस देखीनथालेपछि कार्यालय बन्द भएको थियो । कार्यालय सहयोगीका रुपमा वनडिभिजन कार्यालयमा सेवा गरेका उनले अन्तीम वर्षको तलब भने पाएनन् ।

    तलब नपाएपछि सुदूरपश्चिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा समेत पटक पटक निदेवन दिएको उनकी श्रीमती कमला दर्जीले बताइन् । 

    उनले मासिक १५ हजारका दरले पाउनुपर्ने १ लाख ८०  हजार रकम पाउन बाँकीरहेको गुनासो गरिन् । अमर छातिको क्यान्सरले समेत पिडीत छन् । उपचारमा समेत खर्च जुटाउन नसकिएको उनले दुखेसो पोखीन् । उनले खर्च जुटाउन ठेलामा व्यापार गरिरहेको बताएकी छन् । 

    यता डिभिजन वन कार्यालय कञ्चनपुरले भने कामै नभएको जिकिर गरेको छ । सूचना अधिकारी शिवराज अवस्थीले दर्जीले पाउनुपर्ने तलब उहिल्यैँ चुक्ता गरिसकेको बताए । दर्जीलाई पुनः काममा बोलाउने तयारी भइरहेको उनले बताए । काम सञ्चालनका लागी बजेट पाएका छैनौँ,–उनले भने,–‘नयाँ करार खुल्ने बित्तिक्कै जाग्रीलाई काममा बोलाउछौँ।’


    प्रतिक्रिया दिनुहोस