महेन्द्रनगर । नेपालको पश्चिमी यात्रा तय गर्दे मानव मिलन संस्थाका संस्थापक नेपाल केशरी मणीभद्र मुनी महाराज बिहिबार महेन्द्रनगर पुगेका छन् । २०७७ माग २९ गतेदेखी सर्वाेदय शान्ती पदयात्रा प्रारम्भ गरेका उनले पोखरा, स्याङजा, पाल्पा, लुम्बीनी लगायत जिल्ला पुगेका थिए । भारतका लागी पदयात्रामा निस्कीएका उनी बिहिबार महेन्द्रनग पुगेका हुन् ।
शुक्रबार उनलाई संस्थाले भारतका लागी विदाई गर्ने कार्यक्रम तय गरेको छ । सुक्रबार विहान भारतबाट उनको स्वागतका लागी टोली आउने जनाइएको छ । सर्वेभवन्तु सुखिनको मार्गमा जिवन सुम्पेका मणिभद्र मुनी महाराजले समाजलाई स्वच्छ बनाउने संकल्प लिएका हुन् । भौतीक संसाधनको प्रयोगले मानव जिवनलाई पराधीन बनाउने भएकाले सर्वाेहितमा लाग्न उनले अनुनय समेत गरे ।
.gif)