महेन्द्रनगर । आसन्न स्थानियतहको निर्वाचनका लागी कञ्चनपुरमा दलहरु तालमेल गर्न सहमत छन् । तर नेपाली कांग्रेसले भने पार्टी भित्रै असन्तुष्ट नेताहरुलाई रिझाउन सकिरहेको देखिदैन् । कञ्चनपुरका स्थानियतहमा तालमेलको स्थीतीलाई पर धकेल्दै कार्यकर्ता बिच नै उम्मेदवार बन्नेको लहर नै चलेको छ । भीमदत्तनगरपालिकाको हकमा ११ जनाले मेयरको दावी गर्न थालेका छन् ।
जसमा पार्टी सभापती पदम बोगटी, भीमदत्तका उपमेयर शुसिला चन्द सिह, रमिता शाही देउवा, लोक बहादुर ठकुराटी, दिलेन्द्र बहादुर रावल, इश्वरी प्रशाद भट्ट, गणेश सिह देगी, वासुदेव भट्ट, अच्छुत प्रसाद कलौनी , पिताम्बर जोशी र खेमराज ऐरी आकांक्षी छन् ।
त्यस्तै उपमेयर तर्फ पनी भीमदत्तनगरपालिकामा नेपाली कांग्रेसबाट ७ जना आकांक्षी देखिएका छन् । जसमा पशुपती थापा मगर, लक्ष्मी भट्ट थापा, निलम लेखक जोशी, नितु भट्ट भण्डारी, सरस्वती दाहाल, प्रमिला जैरु र खगेश्वरी भट्ट बोगटी आकांक्षी छन् ।
.gif)