बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

शुक्लाफाँटाको मेयरमा कांग्रेसबाट १३ र उपमेयरमा ८ जना आकांक्षी


पश्चिम प्रेस
बुधबार, चैत २३ २०७८
  • 806
    Shares

  • images
    images
    शुक्लाफाँटाको मेयरमा कांग्रेसबाट १३ र उपमेयरमा ८ जना आकांक्षी

    महेन्द्रनगर  । आगामी बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेपाली कांग्रेशबाट मेयरमा १३ आकांक्षी देखिएका छन्, भने उपमेयमा ८ जना आकांक्षी देखिएका छन् ।

    शुक्लाफाँटा नगर कार्यसमितिले मेयर र उपमेयरका आकांक्षीहरुको नामावली संकलन गरेको छ । नेपाली कांग्रेसनिकट स्रोतका अनुसार आसन्न स्थानीय तह चुनावमा वर्तमान मेयर दिलबहादुर ऐर पुनः दोहोरिन चाहेका छन् । उनी गत चुनावमा मेयर निर्वाचित भएका थिए ।

    कांग्रेस सुदूरपश्चिम प्रदेश सहमहामन्त्री चिन्तामणि भट्ट, काग्रेस क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति लालबहादुर सिंह, नेपाल ट्रेड यूनियन कांग्रेसका सुदरपश्चिमका अध्यक्ष सिद्धराज भट्ट, दल बहादुर वोहरा, भैरव सिंह ऐर, गणेश बहादुर विष्ट, मधु बोहरा, तेज शाह, दुर्गा प्रसाद भट्ट, ज्ञानेन्द्र बहादुर सिंह, शुरेन्द्र बहादुर चन्द र करन सिंह ऐरबीच टिकटका लागि प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै उपमेयरमा धर्मा विष्ट, कल्पना पन्त, मोनिका सिंह शाही, भुमा चन्द, धनेश्वरी भट्ट, विमला सार्की, कलावती देवी वोहरा र विस्ना पन्तले आकांक्षा देखाएका हुन् । 


    प्रतिक्रिया दिनुहोस