बिहीबार , कात्तिक ६ गते २०८३ || Oct 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा म्यादी प्रहरीको अन्तीम नतिजा सार्वजनिक


पश्चिम प्रेस
शुक्रबार, चैत २५ २०७८
  • 1.3K
    Shares

  • images
    images
    कञ्चनपुरमा म्यादी प्रहरीको अन्तीम नतिजा सार्वजनिक

    महेन्द्रनगर । आगामी स्थानियतह निर्वाचनका लागी कञ्चनपुर जिल्लाको म्यादी प्रहरी भर्ना सम्बन्धी अन्तीम नतिजा प्रकाशन भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लाको म्यादी प्रहरी भर्नासम्बन्धी अन्तर्वार्तामा उत्तीर्ण महिला उम्मेदवारहरुको अन्तिम नामावली आज (शुक्रबार) सार्वजनिक गरेको हो ।

    म्यादी प्रहरी भर्नाका लागि लिइएको अन्तर्वार्तामा मुख्य तथा वैकल्पिक महिला उम्मेदवारहरु ३ सय ४२ जना उत्र्तीण भएका छन् । उत्तीर्ण भएकाको नामावली यस कार्यालयको सूचना पाटी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको फेसबुक पेजमा राखिएको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मुख्य तर्फ उत्तीर्ण भएका महिला उम्मेद्वारहरुले मिति २०७८÷१२÷२६ गते बिहान ८ बजे सक्कल नागरिकताको प्रमाणपत्र, प्रवेश पत्रसहित नियुक्ति पत्र बुझ्नको लागि सुदूरपश्चिम प्रदेश विपद व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरको खेल मैदानमा उपस्थित हुन् अनुरोध समेत गरेको छ ।

    नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् :


    प्रतिक्रिया दिनुहोस