महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालाले नगरपालिकालाई साक्षर घोषणा गरेका हुन ।
नगरपालिकामा १५ देखि ६० बर्ष उमेर समुहका ९६.१७ प्रतिशत नागरिक साक्षर भएपछि नगरलाई साक्षर घोषणा गरिएको मेयर हमालले बताए । ९५ प्रतिशत नागरिक साक्षर भएमा साक्षर नगर घोषणा गर्ने प्रावधान रहेको छ । कञ्चनपुरमा पाँचौ नगरपालिकाका रुपमा कृष्णपुर साक्षर घोषणा भएको हो ।
.gif)