महेन्द्रनगर । कञ्चनपुरको भिमदत्त नगरपालिकाले पछिल्लो ५ वर्षमा १ सय १० कानून बनाएको छ । जनतालाई वडाबाटै अधिकार दिलाउन १४ असार ०७४ मा निर्वाचित भएर आएयता नगरपालिकाले १ सय १० वटा कानून निर्माण गरेको मेयर सुरेन्द्र विष्टले जानकारी दिए ।
उनका अनुसार निर्माण गरेका कानुनहरुले स्थानिय तह संचालनका लागी सहजता ल्याउने बताए । सोमबार पत्रकार सम्मेलन मार्फत नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएर आए यताका कार्यहरु सार्वजनिक गर्ने क्रममा उक्त कुराबारे जानकारी दिईएको हो ।
“लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०७७”, महाकाली बहुप्रादेशी शिक्षालय गठन ऐन २०७८, शहरी योजना आयोग ऐन २०७८, स्थानिय स्वास्थ्य सेवा ऐन २०७८, स्थानिय संघ संस्था दर्ता ऐन २०७८, भीमदत्त भाषा साहित्य तथा संस्कृती परिषद् नियमावली २०७५, स्थानिय वातावरण तथा प्राकृतीक स्रोत संरक्षण ऐन २०७६, आर्थीक ऐन २०७७, रोजगार सूचना संकलन तथा व्यवस्थापन कार्यविधी २०७५, नगरविकास स्वंयम सेवक कार्यविधी २०७४, विद्युतीय अटोरिक्सा दर्ता ऐन २०७८, स्थानिय वन ऐन २०७८ लगायत सम्बन्धी ऐन नियम पारीत गरिलागु गरिएको नगरपालिकाले जनाएको छ ।
अन्तिम पटक २०७८ पौष महिनामा कानून पारित गरिएका थिए । नगरपालिकाले पाँच वर्षे अवधीमा निर्माण गरेका १ सय १० कानून लागुभएका सूचना अधिकारी हरीसिह धामीले बताए ।
.gif)