एकमुष्ट रूपमा पुस्तकार कृतिका रूपमा सहयात्रा संयुक्त कविता संग्रह त्यति बेला २०६४ चैत्र को महत्वपूर्ण उपलब्धि थियो। यसले सहकार्यद्वारा प्रकाशनको जग बसाल्ने र निरन्तरता दिने आशा बोकेका थियौँ । एउटै कृतिमा २० जना कविका रचना संकलित भएका थिए ।
रचना संकलन तथा प्रकाशन व्यवस्थापनमा म लगायत कल्यान ओझा, पुष्कर राज भट्ट, रावल कृष्ण संलग्न थियौँ ।अहिले थुप्रै साहित्यिक संघसस्थाहरु स्थापित भए पनि त्यतिबेला अग्रणी साहित्यिक मञ्चका रूपमा सबै सहयात्रीहरु महाकाली साहित्य संगमसित कुनै न कुनै तवरले जोडिएका हुनाले प्रकाशन खर्च व्यक्तिगत बेहोर्ने गरी प्रकाशक महाकाली साहित्य संगम रहेको थियो। प्रकाशकीय तथा समिक्षात्मक मन्तव्य संगमका तत्कालीन अध्यक्ष वाशुदेव भाइसावको रहेको थियो।
एउटा साझा प्रयास, फरक फरक व्यक्तिका अभिव्यक्ति एउटै पुस्तकमा यसले समावेश गर्यो कविता विधाका बिभिन्न उपविधा एकै कृति भित्र समेटिए। एक प्रकारले तत्कालिन समयको साहित्यिक चेतनाका प्रखर व्यक्तिहरू एक साथ उभिएर समकालिन परिवेशलाई कविता मार्फत पस्के।
त्यति बेलाको संयुक्त प्रयासले पुनः निरन्तरता पाएन तर पनि प्रकारान्तरले अद्यापि त्यो भावना र प्रयासहरू निरन्तर जारी छन। महेन्द्रनगरको साहित्यिक अभियानले निरन्तर प्रगति गरिरहेछ। यहाँबाट अंकुरित साहित्यिक चेत अहिले बिभिन्न क्षेत्रमा फैलिएको छ। सुदूरपश्चिम मात्रै नभएर देश विदेशमा रहेका धेरै व्यक्तिहरूको साहित्यिक साइनो महेन्द्रनगरसँग जोडिएको छ।
.gif)