महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालमा औषधी अभाव भएको छ । विगत दुई महिना देखी अस्पतालको सामाजिक सेवा इकाइमा औषधी अभाव रहेको हो । वृद्धवृद्धाहरु र गरिवका लागी निःशुल्क औषधी उपलब्ध गरिने भएपनी औषधी अभाव रहँदा बिरामीहरूले बाहिरबाट औषधी खरिद गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । महाकाली प्रादेशिक अस्पतालको सामाजिक सेवा इकाले १ हजार ४५ किसिमका औषधी निःशुल्क दिने व्यवस्था गरेको छ । तर अहिले १ सय ८४ किसिमका औषधी अभाव रहेको अस्पताल प्रशासनले जनाएको हो ।
आर्थिक वर्षको अन्तिम तिन महिना बाँकी रहँदा अस्पतालले भने निकासा भएको बजेटबाट औषधी खरिद गर्न सकेको छैन । तर अभाव रहेका औषधी अस्पताले बाहिरबाट खरिद गर्न लगाउने गरेको छ । औषधी खरिदका लागी टेन्डर समेत आह्वान नभएको अस्पताल प्रशासनले बताएको छ । महाकाली अस्पतालका सूचना अधिकारी उसा भट्टले औषधी खरिद प्रक्रिया अगाडी नबढाइँदा समस्या भएको बताइन् । औषधी खरिदका बजेट अभाव रहेको र न्यून बजेट विनियोजन गरिदा औषधी खरिद गर्न नसकिएको उनले जनाइन् ।
यस वर्ष अस्पतालमा औषधी खरिदका लागी २० लाख रुपैयाँ निकासा भएको छ । जसले कार्यालय खर्च, तलब भत्तामा समेत अपुग रहने अवस्था रहेकाले औषधी खरिदको प्रक्रिया अगाडी बढ्न नसकेको उनले जनाइन् । गत वर्ष औषधी खरिदका लागी अस्पतालमा ७० लाख रुपैयाँ विनियोजन भएको थियो ।
.gif)