महेन्द्रनगर । गड्डाचौकी नाका भएर चालुआर्थीक वर्षको चैत्र महिना सम्म ३ हजार २ सय ५० मेट्रिक टन तरकारी आयात भएको छ । स्थानियस्तरमै तरकारी उत्पादन कम हुन थालेपछि भारतबाट तरकारी आयात बढेकोे हो ।
पछिल्लो ८ महिनामा भारतबाट ३ सय ६६ मेट्रिक टन आलु आयात भएको छ । त्यस्तै ८ सय ९० मेट्रिक टन टमाटर र प्याज २ सय ५४ मेट्रिकटन आयात गरिएको छ ।
गड्डाचौकी भन्सार कार्यालयका अनुसार दैनिक ४० कुण्टल बढी तरकारी आयात भइरहेको छ । नाका भएर चालु आर्थीक वर्षको चैत्र सम्म ६ सय ७७ मेट्रिक टन फलफुल आयात भएको छ । जसमा स्याउ २ सय ५ मेट्रिक टन, १४ मेट्रिकटन केरा, २ सय ५४ मेट्रिक टन सुन्तला आयात भएको छ । भारतबाट दाल १ सय ९९ मेट्रिक टन , चामल १४ मेट्रिक टन आयात भएको छ ।
स्वदेशमै उत्पादित तरकारीले बजार नपाउनु र भारतबाट सस्तोमा तरकारी आयात हुन थालेपछि किसानहरु मर्कामा परेका छन् । स्वदेशमै उत्पादीत टमाटर, हरियो सागशब्जीको बजारीकरण हुन नपाउनु, स्थानियसरकारले पनी बजारीकरणका लागी टेवा नपुर्याउदा तरकारीले उचित मुल्य नपाउने गरेको किसानहरुले बताएका छन् ।
.gif)