सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

भीमदत्तमा समाजवादीबाट मेयरमा पाण्डेको उम्मेदवारी


पश्चिम प्रेस
सोमबार, वैशाख १२ २०७९
  • 767
    Shares

  • images
    images
    भीमदत्तमा समाजवादीबाट मेयरमा पाण्डेको उम्मेदवारी

    महेन्द्रनगर । नेकपा एकीकृत समाजवादीले कञ्चनपुरको भीमदत्त नगरपालिकामा राजेन्द्र पाण्डेलाई मेयरमा उठाउने भएको छ । सोमबार उम्मेदवारी मनोनयनको अन्तीम दिन पार्टीले जिल्ला उपसचिव समेत रहेका पाण्डेलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । उनले केहि छिनमा उम्मेदवारी दर्ता गराउने छन् । 

    भीमदत्तमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबिच तालमेल गरेर निर्वाचनमा जाने सहमती भएको थियो । जस अनुरुप उपमेयरमा नेकपा माओवादी केन्द्रका कुष्णदत्त जोशी (बोक्सर) लाई उठाउने निर्णय भएको छ । 


    प्रतिक्रिया दिनुहोस