महेन्द्रनगर । झन्डै दोब्बर बढी कर असुल्दै उखु पेल्ने व्यवसायीमाथी थिचोमिचो गर्दे आएको भीमदत्त नगरपालिकाले तोकिएकै कर उठाउन सुरु गरेको छ । गत सुुक्रबार पश्चिम प्रेसले ‘मनोमानी कर असुल्दै भिमदत्त’ शिर्षकमा समाचार प्रकाशन गरेपछि ऐनमा तोकिएको रकम उठाउन सुरु गरेको हो ।
महेन्द्रनगरमा उखुको रस बेच्दै आएका परशुराम पन्तले भने–‘सुक्रबार साझँबाट आफै कर घट्यो।’ उनले सुक्रबारबाट भने रु ४५ तिरेको बताए । विगत २ वर्ष यता रु ८० तिर्दे आएका उखु पेल्ने व्यवशायीहरुले करको विषयमा जानकारी नहुनु र नगरपालिकाले भनेकै रकम तिुर्नपरेको बताए । तर नगरपालिकाले तोकिएको भन्दा बढी कर असुलेको थाहापाएपछि करको हिसाब मागिने उनले बताए ।
नगरपालिकाको आर्थिक ऐन २०७८ अनुसार गत आर्थिक वर्षकै रु ४५ बिटौरी कर तोकेको छ । भीमदत्त नगरपालिकामा करिब ६० बढी उखुको रस पेल्ने व्यवशाय सञ्चालनमा रहेका छन् । तर नगरपालिकाले भने उनिहरुबाट मनोमानी ढंगले कर असुल्दै आएको थियो ।
.gif)