महेन्द्रनगर । आशन्न स्थानियतहको निर्वाचनका लागी उम्मेदवारहरुले गय राती अबेर सम्म मनोनयनदर्ता गराएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकामा ४ सय ४६ उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
निर्वाचन कार्यालयका अनुसार भीमदत्त नगरपालिकाको प्रमुख पद मेयरमा १४ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । नेपाली कांग्रेसबाट पदम बोगटी, नेकपा एमालेबाट महेश प्रशाद पन्त, एकीकृत समाजवादी बाट राजेन्द्र पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गजेन्द्र बहादुर चन्द, विवेकशील साझा पार्टीबाट खगेन्द्र जोशी, नेपाल मजदुर किसान पार्टीबाट दल बहादुर बोहरा, जनता समाजवादी पार्टी नेपालबाट मोहन बहादुर शाही, राष्ट्रिय जनमोर्चा बाट लाल बहादुर कुँवर, मौलिक जरोकिलो पार्टीबाट हरी दत्त जोशीले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।
यस्तै भीमदत्तमा स्वतन्त्रबाट ५ जनाले मेयरमा उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । स्वतन्त्रबाट कल्याण ओझा, कोमल बहादुर सिंह, धनिचन्द ठकुरी, गुलाफ आउजी र रमेश दमाईले मनोनयन दर्ता गराएका छन् ।
भीमदत्तको उपप्रमुखका लागी ११ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । नेकपा माओवादी केन्द्रबाट कृष्णदत्त जोशी, नेकपा एमालेबाट भुवन कुवँर (केसी) नेपाली कांग्रेसबाट निलम जोशी, विवेकशिल साझा पार्टी बाट इश्ररी भट्ट,नेपाल मजदुर किसान पार्टीबाट कमला देवी लुहार, मौलिक जरोकिलो पार्टीबाट मनिषा धामी, राष्ट्रिय जनमोर्चाबाट हरिना देवी भण्डारी र राष्ट्रिय प्रजातन्त्रपार्टी बाट हिलन श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।
यस्तै उपमेयरमा ३ जनाले स्वतन्त्रबाट मनोनयन दर्ता गरेका छन् ।
स्वतन्त्रबाट नितुकुमारी भण्डारी, राजु नाथ र लक्ष्मी थापा मगरले उपमेयरका लागी स्वतन्त्रमा मनोनयन दर्ता गरेका हुन् ।
यस्तै भीमदत्तका १९ वटै वडामा वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा ४ सय २१ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
.gif)