महेन्द्रनगर । आशन्न स्थानियतहको निर्वाचनका लागी बैशाख (१६ गते (आज) उम्मेदवारी दिएका उम्मेदवारहरुको मनोनयन फिर्ता गर्ने समय तोकिएको छ । मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामीका अनुसार भीमदत्त नगरपालिकामा स्वतन्त्रबाट उम्मेदवारी दिएका तिन वडा अध्यक्षका उम्मेदवारले राजीखुसीले लिखित सूचना दिएर उम्मेदवारी फिर्ता लिएका हुन् ।
उम्मेदवारी फिर्ता गर्नेमा भीमदत्त नगरपालिका वडा नम्बर ४ बाट भुवनेश्वरी देवी कुँवर र वडा नम्बर ५ बाट मोहन वडा कामी र नविन भट्ट रहेका छन् । यसअघी उनिहरुले वडा अध्यक्षका लागी उम्मेदवारी मनोनयन दर्ता गरेका थिए ।
.gif)