महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मेयर, उपमेयर सहित ९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
जसमा कृष्णपुर नगरपालिकाको स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएका रामदत्त भट्ट र उपमेयरमा उम्मेदवारी दिएकी चन्द्रा कुमारी भण्डारीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत नरेन्द्र बहादुर बुढाले जानकारी दिए ।
कृष्णपुर नगरपालिकामा ६ जना सदस्य र एकजना सदस्यले पनी उम्मेदवारी फिर्ता लिएका छन् ।
जसमा वडा नम्बर २ बाट अमर जंग शाही, वडा ३ बाट सुन्दर चौधरी, वडा नम्बर ४ खगेन्द्र बहादुर सिंह, वडा ५ नरेश बहादुर महता, खकेन्द्र बहादुर खड्का र वडा नम्बर ७ बाट अमृत बोहराले उम्मेदवारी फिर्ता लिएका छन् । उनिहरुले यसअघि वडा अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गरेका थिए ।
यस्तै कृष्णपुर नगरपालिका वडा नम्बर ८ बाट वडा सदस्यका उम्मेदवार गणेश बहादुर ऐरले पनी उम्मेदवारी फिर्ता लिएको कृष्णपुर नगरपालिकाका निर्वाचन अधिकृत बुढाले जानकारी दिए ।
निर्वाचन आयोगले आज अपरान्ह ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन चाहानेका लागी समय तोकेको थियो ।
.gif)