मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

धानबालीमा पुगेको क्षतिको तथ्यांक संकलन गर्दै स्थानीयतह


पश्चिम प्रेस
शुक्रबार, कात्तिक ५ २०७८
  • 826
    Shares

  • images
    images
    धानबालीमा पुगेको क्षतिको तथ्यांक  संकलन गर्दै स्थानीयतह

    महेन्द्रनगर । बेमौषमीे बर्षाले किसानको खेतीमा क्षति पु¥याएको पछि स्थानीय तहहरुले तथ्याङ्क संकलन गरिराखेका छन । 
    पाकेर भित्र्याउन तयार भएको बालीमा क्षति पु¥याउँदा किसान पीडामा छन ।स्थानीय तहहरुले क्षतिको तथ्यांक संकलन गर्न वडास्तरबाट तथ्यांक संकलन गर्न थालेको हो । तथ्यांक संकलन गरेपछि कृषकलाई स्थानीय तहबाट के कसरी राहत प्रदान गरिने भनेर निर्णय गरिने छ । राहतका लागि सुदूरपश्चिम प्रदेश सरकारले पनि पीडितलाई राहत दिने निर्णय गरिसकेको छ भने प्रधानमन्त्री शेरवहादुर देउवा पनि क्षतिको स्थलगत अवलोकनका लागि सुदूरपश्चिम भ्रमणमा छन । 
    उनले सुदूरका पहाडी जिल्ला र कञ्चनपुर कैलालीमा भएको क्षतिको अवलोकन गरेर क्षतिबारे जनाकारी लिएका छन । शनिवार काठमाडौ फर्केर पीडिठलाई राहत उपलब्ध गराउने बारे मन्त्रीपरिषदबाट निर्णय गर्ने प्रधानमन्त्री देउवाले बताएका छन । यता कृर्षि ज्ञान केन्द्रले पनि सबै स्थानीयतहहरुलाई कृषकको क्षतिबारे तथ्यांक संकलन गर्न परिपत्र जारी गरिसकेको छ ।


    प्रतिक्रिया दिनुहोस