फोटो : फाईल
महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका चुरेपानीमा मृत फेला परेका पुरुष सुक्लाफाँटा नगरपालिकाका रहेको प्रहरीले जनाएको छ । सुक्लाफाँटा नगरपालिकाका अन्ताजी ४० वर्षीय केशवराज अवस्थी मोटरसाईकल एकातिर फालिएको अवस्थामा शनिवार दिउँसो मृत फेला परेको प्रहरीले जनाएको हो ।
बाटोमा ठुला ढुंगा रहेकाले सवारी दुर्घटनाबाट उनको ज्यान गएको हुनसक्ने प्रारम्भीक अनुसन्धान बाट खुल्नमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिए । अवस्थी पेशाले शिक्षक रहेको खुल्नमा आएको प्रहरी निरीक्षक बमले बताए ।
अवस्थी वडा नम्बर १० या ५ का रहेको प्रहरीले जनाएको छ । यद्यपि पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको हो ।उनको शव परिक्षणका लागी महाकाली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले मृतकका परिवारलाई पनि बोलाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
.gif)