आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा आचारसंहिता उल्लंघन बढ्दो


पश्चिम प्रेस
बिहीबार , वैशाख २२ २०७९
  • 623
    Shares

  • images
    images
    कञ्चनपुरमा आचारसंहिता उल्लंघन बढ्दो

    महेन्द्रनगर । स्थानियतहको निर्वाचन आउन ८ दिन मात्रै बाँकी छ । दलहरु चुनावमा होमिएका छन् । कञ्चनपुरमा चुनावी सगर्मी बढेका बेला आचार संहिताको विषय भने एकातिर थन्किएको छ । ५ वर्षपछि फेरी हुनलागेको निर्वाचनमा नेताहरु भोटमाग्नका लागी दौडधुप गरिरहेका छन् । 
     निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेकाहरूलाई चुनाव चिह्न पनि प्रदान गरिसकेको छ । राजनीतिक दलहरूसँगै विभिन्न पदका उम्मेदवार अहिले भोट माग्नमा व्यस्त छन् । तर दल तथा उम्मेदवारहरू आचारसंहिता कार्यान्वयनमा भने चुकिरहेको देखिएको छ । घरदैलो अभियान सञ्चालन गरिरहेका उम्मेदवारलाई भने निर्वाचन आचारसंहिताले छोएको देखिन्न । अधिकांश पार्टी तथा उम्मेदवारहरू चुनाव प्रचारप्रसारको सवालमा नियम उल्लंघन गरिरहेका छन् ।

     तर नेताहरु भने चुनावी आचार संहिता उल्लंघन भएको मान्न तयार छैनन् । नेकपा एमालेले भने चुनावका लागी अनावश्यक खर्च कटौती गरिएको जनाएको छ । उम्मेदवारका पर्चामा मात्रै केही खर्च भएको तर आचार संहितामा तोकीएको भन्दा पनी कम खर्च पालिकामा भइरहेको नेकपा एमालेका जिल्ला सचिव पल्लवराज भट्टले बताए । ‘एमालेले चुनाव जित्न खर्च गनुपर्ने अवस्था छैन््’(उनले भने,(‘हाम्रा ऐजेण्डा र संगठनमा विस्वास भएका कारण चुनावमा अथाह खर्च गर्ने, कार्यकर्तालाई क्षणिक खुसी तुल्याउने कार्य एमालेले गरेको छैन् ।’ नौँ वटै पालिकामा एमालेले निर्वाचन आचार संहितामा तोकीएबमोजिम निर्वाचनको तयारी गरिरहेका सचिव भट्टले जानकारी दिए । यस्तै चुनावी तालमेलमा रहेका नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले भने आचार संघिता उल्लंघन कतै बाट पनी नभएको जिकिर गरेका छन् । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष जिवन थापाले चुनावमा अत्यावश्यक खर्च गर्ने परिपाटी आफुहरुको नभएको बताए । गठबन्धनबाट निर्वाचनमा गएकाले दुवै पार्टीबिच सहकार्य गरेर आचार संघियतामा टिकेर उम्मेदवारहरु निर्वाचनको तयारी गरिरहेका उनले बताए । 

     नेपाली कांग्रेसले अरुदल चुनाव जित्नका लागी आचारसंहिता उल्लंघन गरिरहेपनी त्यस विषयमा जिम्मेवार नभएको जनाएको छ । जिल्ला सचिव भीम भट्टले निर्वाचन आयोगले तोकेको आचारसंहिता बमोजिम नै चुनावको तयारी भइरहेको दावी गरे । विशेषगरी पालिकाहरुमा पार्टीका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा मत माग्ने, माइकिङ गर्ने, विभिन्न स्थानमा पर्चा टाँस्ने, पार्टीका झण्डा झुण्ड्याउने, टि(सर्ट छाप्ने , गाडी प्रयोग गर्ने, लगायत कामहरू राजनीतिक दल तथा उम्मेदवारले गरिरहेका छन् । यस्तै दलहरूले प्रचारमा भारतीय सवारी प्रयोग र बालकालिकाको प्रयोग पनि गरिरहेको देखिएको छ । तर निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा यो सबै गर्न नपाइले उल्लेख छ ।

     आयोगले जारी गरेको आचारसंहिता कार्यान्वयन भए÷नभएको विषयमा अनुगमन तथा छानबिन गर्न समिति गठन गरिएको छ । प्रत्येक स्थानीय तहमा निर्वाचन अधिकृत, सुरक्षा निकाय लगायतको सहभागितामा उक्त समिति गठन गरिएको हो । आचारसंहिता उल्लंघन गरेको भेटिएमा उक्त समितिले आवश्यक छानबिन गरि कारबाही गर्ने बताइएको छ । तर जिल्लामा नियम उल्लंघन हुँदा पनि ती समितिहरू मौन छन् । छानविनका गठित  अनुसन्धान अधिकृत तारा प्रसाद शर्माले जिल्लामा आचार संहिता उल्लंघनका लिखीत उजुरी नआएको बताए । 

     केही बाट मात्रै मौखिक रुपमा जानकारी आएकाले सम्झाउने कार्य भएको बताए । निर्वाचन आयोगल तोकेको खर्च हद र उम्मेदवारले गर्ने खर्चमा फरक देखिन्छ । तर दलहरुले सामान्य खर्चभइरहेको दावी गरेपनी कार्यकर्ताहरु भने दैनिक लाखौँ खर्चमा प्रचारप्रशारमा होमिएको बताइएको छ । आयोगले नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि ४ लाख ५० हजार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि ३ लाख ५० हजार खर्चको हद तोकेको छ । तर उम्मेदवारले भने मनपरी रुपमा खर्च गरिरहेका छन् ।२३ वटा राजनीतिक दलहरूले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरेका जिल्ला निर्वाचन कार्यालय कञ्चपुरले जनाएको छ ।  

     


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • प्रतिक्रिया दिनुहोस