महेन्द्रनगर । पार्टीविरुद्ध गतिविधि गरेको भन्दै नेपाली काँग्रेस कञ्चनपुरले १२ नेतालाई कारबाही गरेको छ । उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो ।
पार्टीबाट निष्कासित हुनेमा सहसचिव पुस्कल चौधरी (बेलौरी), श्रवण राना (पुनर्वास), लक्ष्मी मल्ल (भीमदत्त), शिवलाल राना (कृष्णपुर), उपेन्द्र मल्ल (कृष्णपुर), पानबहादुर ओड (पुनर्वास), पुष्पकमल पण्डित (बेलडाँडी), दोधारा–चाँदनी नगरपालिकाका चम्पा थापा, पार्वती थापामगर र मानसिंह साउद, भीमदत्त नगरपालिकाका कैलाश चन्द र रामचन्द्र बोहोरालाई कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको छ ।

.gif)