आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

वैशाख २७ गते रातिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने


पश्चिम प्रेस
शुक्रबार, वैशाख २३ २०७९
  • 710
    Shares

  • images
    images
    वैशाख २७ गते रातिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने

    महेन्द्रनगर । वैशाख ३० हुने स्थानीय तह निर्वाचनको ४८ घण्टाअघिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने भएको छ। निर्वाचन आयोगले वैशाख २७ गते राति १२ बजदेखि अन्तर्राष्ट्रिय सीमा बन्द गरिने जनाएको हो।

    आयोगले २४ घण्टाअघिदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न गृह मन्त्रालयलाई भनेको छ। यस्तै, मतदान हुने दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न भनिएको छ। आयोगको सिफारिस अनुसार मन्त्रालयले मतदानको दिनको ४८ घण्टाअघिदेखि मतदानको कार्य नसकिएसम्म सबै अन्तर्राष्ट्रिय नाका बन्द गरिनेछ। स्थानीय निर्वाचको मौन अवधि २७ गतेदेखि नै सुरु हुने आयोगले जनाएको छ।


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • प्रतिक्रिया दिनुहोस