आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

मुलुककै कान्छो उम्मेदवार बस्नेत, वडालाई भ्रष्टाचार मुक्तबनाउने सपना


पश्चिम प्रेस
शनिबार, वैशाख २४ २०७९
  • 1.1K
    Shares

  • images
    images
    मुलुककै कान्छो उम्मेदवार बस्नेत, वडालाई भ्रष्टाचार मुक्तबनाउने सपना

    महेन्द्रनगर । आगामी वैशाख ३० गते हुनलागेको स्थानियतहको निर्वाचनमा मुलुकको कान्छो उम्मेदवारका रुपमा दोलखाका २१ वर्षीय राजाराम बस्नेत चुनावी दौडमा छन् । बस्नेतले भ्रष्टचारविरुद्धको अभियानलाई चुनावी नारा बनाएका छन् ।

    नेकपा एमालेबाट  दोलखा तामाकोसी गापा– ३ वडासदस्यका उम्मेदवार २१ वर्षीय बस्नेतले वडालाई भ्रष्टचारमुक्त बनाउने र जनतालाई सुशासनको अनुभूति दिलाउने सपना देखेका छन् ।

    उनले वडालाई बालमैत्री बनाउने, एक घर एक धारालाई बोलीमा मात्र होइन व्यवहार लागू गर्ने, दिगो रूपमा सिँचाइको व्यवस्थापन गर्ने, कृषिमा युवालाई प्रोत्साहन गर्ने, सरकारी विद्यालयलाई सुधार गर्नेलगायतका नारा अघि सारेका छन् । उनले भने, ‘वडामा भ्रष्टाचार छ । यसको विरुद्धमा म सधैँ लागिपर्नेछु । भाषणमा होइन, यसलाई म व्यवहारमा उतार्नेछु । मैले वडावासीसँग यही प्रतिबद्धता जनाएको छु । कान्छो उम्मेदवारको यस्तो प्रतिबद्धता सुनेर सबै खुसी भएका छन् । त्यसो हुँदा  मैले चुनाव जित्छु ।’


    प्रतिक्रिया दिनुहोस