बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

अपवित्र गठबन्धन गरियोः नेकपा एमाले सचिव भट्ट


पश्चिम प्रेस
शनिबार, वैशाख २४ २०७९
  • 714
    Shares

  • images
    images
    अपवित्र गठबन्धन गरियोः नेकपा एमाले सचिव भट्ट

    महेन्द्रनगर ।  नेकपा एमालेका सचिव लेखराज भट्टले पाँच दलीय गठबन्धनलाई अपवित्र भएको बताएका छन्। शनिबार गोदावरी नगरपालिकामा एक चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘एमालेसँग एक्लै चुनाव लड्न नसक्ने भएपछि पाँच दलीय गठबन्धन गरियो।

    यो अपवित्र गठबन्धन गरिएको छ’, उनले भने,‘अब प्रचण्डलाई काग्रेसमा प्रवेश गराउनु पर्‍यो। विचार नै नमिल्नेसँग माओवादीले गठबन्धन गरेपछि प्रचण्डलाई कांग्रेसमा प्रवेश गर्न उनले सुझाव दिएका हुन्। सिद्धान्तको हिसाबले कम्युनिष्ट र कांग्रेस एकै ठाउँमा हुन नसक्ने उनको भनाइ छ। यस्तै उनले आफू सरकारमा हुँदा सुदूरपश्चिममा विभिन्न औद्योगिक क्षेत्रको सुभारम्भ गरेको दाबी गरे। 


  • सम्बन्धित विषय:

  • # राजनिती
  • प्रतिक्रिया दिनुहोस