सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

कञ्चनपुर प्रशासनद्धारा सेवा बन्द


पश्चिम प्रेस
बुधबार, वैशाख २८ २०७९
  • 727
    Shares

  • images
    images
    कञ्चनपुर प्रशासनद्धारा सेवा बन्द

    महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले  (वैशाख २७ गते) देखि नियमित सेवा बन्द गरिएको जनाएको छ । स्थानियतहको निर्वाचनका लागी ३ दिनमात्रै बाँकी रहेकाले कर्मचारी मतदान केन्द्रहरुमा खटिई जानुपर्ने भएकाले ३० वैशाख सम्म सेवा बन्द गरिएको प्रशासनले जनाएको हो । 

    प्रशासनले सूचना जारी गर्दे नागरिकता प्रमाणपत्र, नावालिक परिचय पत्र, पेन्सन, राष्ट्रिय परिचयपत्र, राहदानी तथा अन्य सिफारिस सम्बन्धी कार्य तिन दिनका लागी स्थिगित गरिएको जनाएको छ । निर्वाचन पछि जेठ १ गतेदेखी भने सेवा पुनः नियमितरुपमा सञ्चालन गरिने प्रशासनले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस