महेन्द्रनगर । बैतडीका सबै मतदान केन्द्रमा आवश्यक कर्मचारी पुगेका छन् । २ सय ५ मतदान केन्द्ररहेका बैतडीमा ३० वैशाखमा हुने निर्वाचनका लागी सबै मतदान केन्द्रमा कर्मचारी र मतदानका लागि आवश्यक सामग्री पुगेको निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव प्रशाद फुयालले जानकारी दिए ।
प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरु आवस्यक समाग्रीहरु लिएर केन्द्रमा पुगी सकेको निर्वाचन अधिकृत फुयालले जनाए । यस्तै बैतडीमा स्वयमसेवक बाहेक १ हजार १८ जना कर्मचारी खटिएका छन् । यसैगरी जिल्लामा २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी गरी २ हजार भन्दा बढी सुरक्षा कर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेयले जानकारी दिए ।
मतदान केन्द्रबाटै बुधबार र बिहीबार मतदाता परिचय पत्र बितरण गरिदैँछ । पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले मतदाता परिचयपत्र वितरण गर्न लागेको हो । नागरिकता लिएर आफै उपस्थीत भइ मतदाता परिचय पत्र लिन सकिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै मतदाता परिचयपत्र लिन आउनेहरुलाई नमुना मत पत्रमा सहि तरिकाले मतदान गर्न पनि सिकाईने जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख फुँयालले बताए ।
.gif)