सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

धनगढी पुगे प्रम देउवा


पश्चिम प्रेस
बुधबार, वैशाख २८ २०७९
  • 615
    Shares

  • images
    images
    धनगढी पुगे प्रम देउवा

    महेन्द्रनगर । पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा प्रफुल्ल मुद्रामा देखिन्छन् । आशन्न स्थानियतहको निर्वाचनमा सुदूरपश्चिम केन्द्रित रहेका देउवा कहिले धनगढी त कहिले गृह जिल्ला डडेल्धुराको दौडधुपमा छन् । आज प्रम देउवा डडेलधुराबाट नेपाली सेनाको हेलिकोप्टरबाट धनगढी पुगेका हुन् । 

    आइतबार सुदूरपश्चिम पुगेका देउवाले यसअघी सोमबार मात्रै धनगढीमा भएको संयुक्त गठबन्धनको आमसभालाई सम्बोधन गरे । धनगढीमा एक रात बास बसेका प्रधानमन्त्री देउवा अर्को दिन भने गृहजिल्ला डडेल्धुरा गएका थिए । उनले मंगलबार डडेल्धुराका विभिन्न ठाउँमा भएको आमसभालाई सम्बोधन गरेका थिए । देउवा आज दिउँसो ३ बजेतिरको समयमा सेनाको हेलिकोप्टरबाट धनगढीस्थित बोराडाँडी ब्यारेकमा झरेका हुन् ।  ‘दिउँसो ३ बजे तिरको समयमा सेनाको हेलिकोप्टरबाट बोराडाँडीमा झर्नु भयो’, कैलालीका प्रहरी नायव उपरीक्षक जोशीले भने, ‘ब्यारेकबाट प्रहरीको स्कटिङमा धनगढी–४ उत्तरबेहेडीमा रहेको निवासमा पुगाएको हो ।’

    प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको चुनावी क्षेत्र कैलाली क्षेत्र नं ५ को धनगढी उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट निवर्तमान मेयर नृपबहादुर वड मेयरका लागि मैदानमा छन् । उनको प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवार व्यवसायी गोपाल हमालबीच हुन आंकलन गरिएको छ । यस्तै, नेकपा एमालेका तर्फबाट रणबहादुर चन्द पनि प्रतिस्पर्धामा छन् ।


    प्रतिक्रिया दिनुहोस