बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

निर्वाचनमा बर्सातको जोखीम, स्वंम् सर्तकरहन आग्रह


पश्चिम प्रेस
बिहीबार , वैशाख २९ २०७९
  • 679
    Shares

  • images
    images
    निर्वाचनमा बर्सातको जोखीम, स्वंम् सर्तकरहन आग्रह

    महेन्द्रनगर । शुक्रबार विहान ७ देखी सुरु हुने मतदानका लागी कञ्चनपुरमा आवश्यक तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबैमतदान केन्द्रहरुमा सिसिटीभि क्यामेरा जडान देखी, निर्वाचन स्थलमा आवश्यक सामाग्री जडान गरिएको छ । तर जिल्लामा वातावरणीय परिस्थीलाई मध्यनजर गर्दे निर्वाचनको तयारी भने नभएको पाइएको हो ।

    मौसम विभागले निर्वाचनका दिन पानी पर्ने चेतावनी दिएपनि कञ्चनपुरमा भने वातावरणीय परिस्थीतीलाई ख्याल राख्न सकिएको छैन् । कर्मचारी र सुरक्षाकर्मीको विषयमा भने उचित प्रवन्ध मिलाइएको निर्वाचन कार्यालयले जनाएको छ । जसका लागी आवश्यक सामाग्री तयार गरिएको जनाइएको छ । तर मतदाताको हकमा भने प्रवन्ध मिलाउन नसकिएको निर्वाचन कार्यालयले जनाएको हो । मौसममा भइरहेको परिर्वतनलाई थेग्न सक्ने गरी तयारी अपुरो रहेको निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले बताए । 

    तर कहीको हकमा भने बरण्डा वा हल भित्रै मतदान गर्ने गरि तयारी मिलाइएको उनले बताए । उनले भने,–‘जटिल परिस्थीती देखिए केही मतदान स्थलमा विद्यालय भवन भित्रै मत खसाल्न सकिने गरी व्यवस्थापन मिलाएका छौँ।
    तर सबै मतदान स्थलमा उक्त व्यवस्था हुन नसकेको उनले बताए । मतदाताहरुले आफ्नो व्यवस्थापन उचित तरिकाले स्वंयम् गर्न उनले आग्रह समेत गरे । 


    प्रतिक्रिया दिनुहोस