सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

वर्षाले बिजोग, न खेतको रह्यो न भकारीको


पश्चिम प्रेस
आइतबार, कात्तिक ७ २०७८
  • 824
    Shares

  • images
    images
    वर्षाले बिजोग, न खेतको रह्यो न भकारीको

    महेन्द्रनगर । गत साता आएको बेमौसमी वर्षाले कञ्चनपुरका विभिन्न ठाउँमा बिजोग बनाएको छ । 
    यहाँको दोधारा चादनी नगरपालिकाका वडा–८,९ र १० नराम्ररी प्रभावित बनेका छन । कुतियाकभरका बस्तीमा त बाढीले धान खेत बगरमा परिणत गरेको छ । स्थानीयका घर भित्रको अन्न र लुगाकपडा सबै भिजेको छ ।

    धान, गहुँ त बाढीले बगाइहाल्यो । बाढीले भकारीमा राखेको अन्न समेत डुबाएपछि त्यहाका स्थानीय अझैपनि आफ्नो घर पन्छाउने, भिजेको अन्न सुकाउने काममै व्यस्त छन ।
    ‘बाढीले खेतमा सुकाएको धान बगाएर लग्यो घरभित्रको खन्न सबै डुबायो ।’ देवीसरा सुनारले भनिन–‘ न खानलाई अन्न रह्यो न लगाउन लत्ता ।’ मध्यरातमा महाकाली र जोगबुडाको बाढी बस्तीमा पसेपछि गाउँलेको भागाभाग चलेको उनले बताईन । बाढीले स्थानीयको घरगोठ भत्काउनुका साथैे गाई–भैंसी र बाख्रासमेत बगाएको छ । कुतियाकभरमा ३५ परिवारको बसोबास छ । बाढीले सबैको घरमा क्षति पु¥याएको छ । गाई, भैंसी र बाख्रासमेत बगाएर लगेको छ । मरेका गाई–भैंसी घर आँगनमै गन्हाउन थालेको स्थानीयको भनाई छ ।  हिलोका कारण खाल्डो खनेर पुर्न सक्ने अवस्था नभएकाले घर आँगनमै कुहिने अवस्था आएको छ । यसबाट विभिन्न किसिमका संक्रमण फैलिन सक्ने खतरासमेत बढेको छ । बस्तीमा शुद्ध पिउने पानीको समेत हाहाकार भएको उनीहरुको भनाई छ ।
    दोधारा चाँदनी जिल्लामै बाढीको उच्च जोखिममा रहेको क्षेत्र हो । पूर्वमा महाकाली र पश्चिममा जोगबुडा नदीका कारण यहाँ बर्सेनि डुबान र कटान हुने गरेको छ । जोगबुडा नदीपारि रहेको कुतियाकभरमा हिउँदमा समेत कटान हुने गरेको छ । भारतीय पक्षले शारदा नहरको पानी जोगबुडा नदीमै छाड्ने गरेका कारण हिउँदमा समेत कटान हुने गरेको हो । दोधारा चाँदनी नगरपालिकाका अनुसार बाढीका कारण झन्डै ८ सय परिवार विस्थापित भएका थिए ।  


    प्रतिक्रिया दिनुहोस