महेन्द्रनगर । बैतडीमा मतदान गरेर फर्किने क्रममा एक वृद्धको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाटको मृत्यु भएको प्रहरीले जनाएको हो ।
आज बिहान ८ बजे सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर उनी बेहोस भएका थिए । उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
.gif)