महेन्द्रनगर । स्थानीय तहका लागि भइरहेको निर्वाचनमा शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका १०२ वर्षीया यशोदादेवी पनेरुले मतदान गरेकी छन् । मतदान अधिकृत महेशराज भट्टका अनुसार वैजनाथ आधारभूत विद्यालय लक्ष्मीपुर ‘ख’ मतदान केन्द्रमा उनले पहिलो मत खसाल्नुभएको हो । ज्येष्ठ नागरिक यशोदाका छोरा जनकराज पनेरुले उनले रुचाएका उम्मेदवारलाई मतदान गर्न सघाउनुभयो । पञ्चायती व्यवस्थादेखि आफू हालसम्म निरन्तररुपमा मतदानमा सहभागी हुँदै आएको यशोदाले बताए ।
“गाउँको विकासमा योगदान गर्नसक्ने उम्मेदवारलाई मतदान गरेँ”, उनले भनिन्, “सबैजनाले योग्य उम्मेदवारलाई मतदान गरी पुण्य कमाउनुपर्छ । मतदान गर्नु पनि तीर्थ गएसरह नै हो । विजयी हुने उम्मेदवारले मतको कदर गरी नाम कमाउनुपर्छ ।” “आमाले मतदान गर्ने इच्छा व्यक्त गर्नुभयो, “यशोदाका छोरा जनकराज पनेरुले भने, “मोटरसाइकलमा बोकेर मतदान केन्द्रसम्म पु¥यायौँ र मतदानपश्चात् घर पु¥याएका छौँ ।” रासस
.gif)