महेन्द्रनगर । महेन्द्रनगरमा मत खसाल्न भन्दै मतदान केन्द्रको गेटमा पुगेकी महिलाले मत खसाल्न भने पाइनन् । भीमदत्त नगरपालिका–१८ जानकी टोलका बिना भण्डारी मतदान गर्ने भन्दै मतदान केन्द्र तोकीएको महेन्द्र माध्यामिक विद्यालयमा पुगिन् । तर उनलाई प्रहरीले गेट भित्र प्रवेश गर्न दिएन् ।
दिउँसो ३ तिन घण्टा लाइनमा उभिएर पालो नआएपछि घर फर्किएकी उनि दोस्रोपटक पुग्दा भने समय सकिसकेको थियो । हतपत गरेर साझँ ५ बजे विद्यालयको गेटमा पुग्दा समय सकिएको भन्दै उनलाई मतदान केन्द्रमा प्रवेश गर्न दिइएन् ।
साझँ तोकिएको समय भन्दा ढिला पुगेका मतदाताहरुले मताधिकारको प्रयोग गर्न पाएनन् । उनी मात्रै नभइ निम्बुखेडाका एक युवक पनी प्रहरी सँग गेटमा मतखसाल्न जानपाउँ भन्दै आग्रह गरिरहेका देखिन्थ्ये । तर समय नहुँदा कसैलाई प्रवेश गर्न नदिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लाल बहादुर बमले ढिला गरि पुग्नेको हकमा निर्वाचन कार्यालयले नै प्रवेश गर्न नदिने बताएपछि प्रवेशमा रोक लगाइएको हो ।
.gif)