आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

कैलालीको चार तहमा मतगणना सुरु


पश्चिम प्रेस
शनिबार, वैशाख ३१ २०७९
  • 770
    Shares

  • images
    images
    कैलालीको चार तहमा मतगणना सुरु

    कैलालीका चार स्थानीय तह बर्दगोरिया र कैलारी गाउँपालिका, गोदाबरी नगरपालिका र र टीकापुर नगरमा मतगणना सुरु भएको छ । धनगढी उपमहानगरपालिकासहितका पालिकामा मतगणना गर्ने तयारी भइरहेको जनाइएको छ । 

    सुरुवाती मतगणनामा गोदावरीमा नेपाली कांग्रेस, बर्दगोरियामा नेकपा ९एमाले०, कैलारी गाउँपालिकामा राप्रपाले प्रमुख÷अध्यक्ष पदमा अग्रता लिएका छन् । मतगणनाको तयारीका क्रममा अन्य पालिकामा सर्वदलीय बैठक बसिरहेको छ । जिल्लामा रहेका १३ पालिकामा शुक्रबार भएको मतदानमा झण्डै ६५ प्रतिशत मतदान भएको थियो  । 
     
    यसैबीच सुदूरपश्चिम प्रदेशको कैलालीको चुरे पहाडी क्षेत्रको मोहन्याल गाउँपालिकामा भएको निर्वाचनको मतपेटिक आज बिहानसम्म मतगणनास्थलमा पु¥याउन सकिएको छैन । भौगोलिक रुपमा विकट सो गाउँपालिकामा सडक सञ्जाल र टेलिफोनको असुविधा छ । 

    मतगणनास्थल गाउँपालिकाको खिमडीमा बिहानसम्म वडा नं ५, ६ र ७ मा मतदान केन्द्रका मतपेटिका नपुगेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हवाई माध्यमद्वारा मतपेटिका ल्याउने व्यवस्थापन नहुँदा उक्त स्थानबाट मतपेटिका ल्याउन बिहान मात्रै प्रहरी टोली परिचाल गरिएको बताउनुभयो । 


    प्रतिक्रिया दिनुहोस